वेशिसहर नगरपालिका वडा नं. १० बाँझाखेतमा अवस्थित यस जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशको मातहतमा रहेको कार्यालय हो ।
२०५१ सालमा स्थापना भएको यस कार्यालयले निःशुल्क रुपमा दैनिक स्वास्थ्य सेवा ,औषधि बितरण सेवा ,ल्याब सेवा ,स्वास्थ्य शिक्षा तथा परामर्श सेवा लगायतका सेवाहरु प्रदान गर्दै आाइरहेको छ । साथै माथिल्लो निकायहरुको समन्वयमा स्वस्थ जिवनशैली संग सम्बन्धित कार्यक्रमहरु तथा प्रतक्ष्य जन सहभागितामा योग तथा जडिबुटीको परिचय , संरक्षण तथा प्रर्वधन जस्ता कार्यक्रमहरु संचालन गर्ने गर्दछ । यस कार्यालयको मातहतमा ३ वटा नागरिका आरोग्य केन्द्रहरु संचालनमा रहेका छन ।